काठमाडौँ, २४ भदौ । धनकुटामा १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको आरोपमा शनिबार दिउँसो पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङलाई पक्राउ गरेको हो । सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो…