Banner News

गगनको प्रश्नः काठमाण्डौमा एक्लै हिड्न नसकिने भएको हो गृहमन्त्रीज्यू ?



काठमाडौ २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार रिपोर्टस क्लबको कार्यक्रमबाट बाहिरिनेक्रममा आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।
सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । यो विषयको गहिरो अनुसन्धन भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ थापाले भने ।
त्यसरी नै महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु – के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो थापाले प्रश्न गरे ।