सुर्खेत, १९ साउन । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई २ हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो। किसानको आम्दानी वृद्धि गर्न नौवटा जिल्लामा…