काठमाडौँ, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली…