काठमाडौँ, २४ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।…