जंगली हात्ती मृत फेला

झापा, ४ असोज । मेचीनगरमा धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । शनिबार बिहान करिब ८ बजे  मेचीनगर-१ स्थित स्थानीय कमल कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।