बाघको छाला र हड्डीसहित तीनजना पक्राउ

नेपालगञ्ज, १६ असार । बाँकेको कोहलपुर नगरपालिका–११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीनजनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ । उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल…