सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किए  

काठमाडौँ, ३१ भदौ । नागढुंगा नौबिसे खण्डको सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किएका छन् । प्रहरीका अनुसार विपरीत दिशामा रहेका बा ४ ख २२१५ र बा ३ ख १७४५ नम्बरका बस ठोक्किएका हुन् । दुर्घटनामा मानवीय क्षति भएको छैन । दुबै बसमा धेरै क्षति पनि भएको छैन । तर सडकमै भएकाले सवारी साधनको जाम भएको छ ।…