जिल्ला निर्वाचन कार्यालय नराखे निर्वाचनको निष्पक्ष्तामा माथि आंशकाः लामिछाने

काठमाडौ १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताउनुभएको छ। मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताउनुभएको हो। उहाँले लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रुपमा…