समाचार

आठ लाख रकमसहित हुण्डी कारोवार गर्ने पक्राउ



पर्सा, १२ असार । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित सडकखण्डबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकीङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना २८ प ९००८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा अवैध रकम सहित सुनिलकुमार साहलाई पक्राउ गरेको हो ।

जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेटभित्र स्रोत नखुलेको १००० दरका नोट ८०० थान गरी नेपाली आठ लाख फेला परेको प्रहरीले बताएको छ । साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बवरूद्धको कसूरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको समेत प्रहरीले जनाएको छ।