एक महिलाको शव फेला

तनहुँ, ३० जेठ । तनहुँमा एक जना महिलाको शव फेला परेको छ । आज जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज १० बजे व्‍यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको हो । शव बोराभित्र फेला परेको छ । शवको पहिचान नखुलेको र घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको प्रहरीले जनाएको छ ।