सुभम फाउण्डेशनमा भएका बालबालिकाको तत्काल उद्धार गर्न माग

काठमाडौँ, ८ जेठ । सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएका बालबालिकाको तत्काल उद्धार, संरक्षण तथा पुनस्थार्पनाको लागि घटना व्यवस्थापन योजना तुरून्त तयार गरी कार्यान्वयन गर्न आव्हान गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा खोटाङ जिल्ला, मजुवागढी नगरपालिका–२ स्थित जनजागृति विद्यालय सञ्चालन गर्ने सुभद्रा मदन फाउण्डेशनमा भएको बाल यौन दुव्र्यवहार घटनाको सन्दर्भमा संयुक्त रूपमा गरेको स्थलगत…