काठमाडौँ, ७ जेठ । सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिकलाई पक्राउ गरेको…