काठमाडौँ, २२ असोज । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कार्यरत इन्जिनियर तथा सब इन्जिनियरहरूको नियमित सुरुवा रोकिएको छ । मन्त्रालय अन्तर्गत रहेका १३ सय बढी इन्जिनियर तथा सब इन्जिनियरहरू सरुवा माग गर्दै सडक विभागमा हुलहुज्जत गर्न थालेका छन् । कार्यक्षेत्र छाडेर विभागमा उनीहरू जम्मा हुँदा सम्बन्धित ठाउँको मात्र होइन विभागको समेत काम प्रभावित हुन पुगेको…