राजनीति

अर्थतन्त्रले धान्ने र संविधानले मान्ने गरी शिक्षकका माग पूरा गर्छौं: मन्त्री राई



काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रले धान्ने र संविधानले मान्ने गरी शिक्षकका माग पूरा प्रतिबद्दता जनाए । शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ । संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ । राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ ।

उनले भनेका छन्, ‘उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षललाई सम्मानित गर्न र सही ढंगले क्रियाशल बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्न्छ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्छौ ।’