गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे

गोरखा, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन् । अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मुख्यमन्त्री पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै राज्यले आवश्यक वातावरण सिर्जना…