काठमाडौँ, १४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो, त्यो लिन नसकेको बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा बोल्दै उनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताए । मन्त्री किराँतीले बाह्रै महिना…