सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । आज सूचनाको हकका लागि राष्ट्रिय महासंघले काठमाडौँमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायी बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा…