राजनीति

माओवादीका उपाध्यक्ष बडुवालको निधन



धनगढी, ११ असोज । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ ।

कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको उपचारको क्रममा आज निधन भएको हो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरि चौधरीका अनुसार केही दिनयता उनी फोक्सोको समस्याले ग्रसित थिए । माओवादीको ३ महिने अभियान अन्तरगत उनी डोटीको बडीकेदार र जोरायल क्षेत्रमा खटिएका थिए । त्यही क्रममा उनमा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि कैलालीको लम्कीस्थित लालरत्न अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनका दाजु भगत बडुवालले बताए ।