राजनीति

माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने



काठमाडौँ, ११ असोज । सत्तारूढ दल माओवादी केन्द्रले संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने निष्कर्ष निकालेको छ ।

आज काठमाडौँ उपत्यकामा उपलब्ध भएका पदाधिकारीहरूको अनौपचारिक बैठकले उक्त निष्कर्ष निकालेको हो । यस्तै पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएको हातपात, धार्मिक तथा सांस्कृतिक दंगाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनले भने, ‘आज बसेको अनौपचारिक बैठकले सरकारले संसदमा दर्ता गरेको विद्यायल शिक्षासम्बन्धी विधेयकमा गम्भीर छलफल भयो । सबै पक्षसँग परामर्श गरी विधेयक संशोधन गर्ने निष्कर्ष निकालेको छ’ ‘यस्तो देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएका हातपात, धार्मिक सदभाव खलबलिने, सामाजिक सदभाव खलबलिने विषयमा पार्टीको ध्यानाकर्षण भएको छ । त्यसलाई बेलैमा समाधान गर्ने तर्फ नगए ठूलो समस्या हुनसक्छ भनेर छलफल भयो ।’