काठमाडौँ, ४ असोज । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ । पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले…