राजनीति

देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति



काठमाडौँ, ४ असोज । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ ।

पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् ।

उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् ।

मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।