भूमि आयोगद्वारा जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौँ, २९ भदौ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ ।  आज एक सूचना जारी गर्दै  ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।