काठमाडौँ, १८ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् । आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए । त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ । ‘विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका…