काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध खोल्ने विषयमा भदौ ३ गते साँझ डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रामक रूपमा प्रस्तुत भए । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले थामथुम पार्ने प्रयास गरे पनि देउवाको आक्रोश थामिएन । ‘बयानकै आधारमा बालकृष्ण खाणलाई थुन्ने, यतिका छापामा आउँदा, सीआईबीको रिपोर्ट सबैतिर हुँदा पनि…