काठमाडौँ, ६ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताएका छन् । आज बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उनले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताएका हुन् । भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष…