Banner News

सरकारकै डिजाइनमा सुनको धन्दा चलेको छ : महासचिव पोखरेल



सुर्खेत, ६ भदौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’अन्तरक्रिया‌ कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए । 

उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि  बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।