राजनीति

४९ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला



काठमाडौँ, ६ भदौ । त्रिभुवन विश्वविद्यालयमा ४९ औं दीक्षान्तका लागि आवेदन खुला गरिएको छ ।

आवेदन फारम भदौं ४ गतेदेखि खुलेको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । तर, भदौं ६ गतेसम्म पनि अनलाइन भने ‘अण्डर मेन्टेनेन्स फेज’ भनेर देखाइएको छ । मर्मत पुरा हुँदा सम्म प्रतिक्षा गर्न भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अनलाइन प्रणालीले विद्यार्थीलाई भने असोज ४ गतेसम्मको समय दिएको छ । त्यो अवधिभित्र आवेदन दिइसक्न भनेको हो ।