राष्ट्रिय दलहरुको संयुक्त बैठक आज पनि बस्दै

काठमाडौँ, ४ भदौ । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दै छ । आइतबार (हिजो)को बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ । नेताहरुले हिजोको बैठक सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने बताएका छन् ।…