एमालेले दियो कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन निर्देशन

काठमाडौँ, २७ साउन । नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए।   उनका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित गराई…