काठमाडौँ, २३ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन्…