काठमाडौ २३ साउन । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक जारी छ । सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः…