कोशी प्रदेश सरकारको वैधानिकता बारेको रिट निवेदन पूर्ण इजलासमा पठाइयो

काठमाडौँ, ८ साउन । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद…