काठमाडौँ, २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै आइतबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताइन् । प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको जिकिर उनले गरिन् । उनले प्रधानमन्त्रीको बहिर्गमन…