काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको नीति महाधिवेशन आउँदो दसैँअघि हुने बताएका छन् । आज ललितपुरमा आयोजित जिल्ला सभापतिहरूको भेलामा उनले यही असार २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि नीति महाधिवेशनको अभियान थालिने बताए । उनले भने “नीति महाधिवेशन दसैँअघि सक्नु छ । त्यसकारण जिल्ला सभापतिहरूसँग यो बैठक आवश्यक…