राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौँ, १३ असार । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएको हुन् । मुटुको धड्कनमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पौडेलको मुटुको अप्रेसन गरी पेसमेकर रखिएको छ ।…