काठमाडौँ, १२ असार । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएर जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको मातहतको एकाइ बनाउन लागिपरेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले जनमत गुमेपछि सरकारले निर्वाचन आयोगतर्फ रणनीतिक रूपमा कदम चालेको टिप्पणी गरे । उनले भने, “नियोजित ढंगले निर्वाचन प्रभावित पार्ने अन्तर्यमा यो सरकारले ल्याएको…