चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाडौँ, ४ असार । समाजवादी मोर्चा घोषणा भएको छ । आज राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमति पत्रमा सत्तारूढ नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन्…