काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की शुक्रबार नियुक्त भएका छन् । उनलाई संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश कार्कीले शुक्रबारै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए । कार्कीको नियुक्तिसँगै सर्वोच्चले १६ महिनापछि प्रधानन्यायाधीश पाएको छ । २०७८ फागुन १ मा चोलेन्द्रशमशेर…