राजनीतिक दललाई तातो नलागेपछि रमिता हेर्नुपर्ने अवस्थामा पुगेँ: सभामुख घिमिरे

काठमाडौँ, ३१ जेठ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा सभापति चयनका लागि दलहरू उदासीन भएपछि आफू रमिता हेर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । मङ्गलवार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा कुरा गर्दै सभामुख घिमिरेले संसदीय समितिहरूमा सभापति चयन नहुँदा विधेयक अगाडि बढाउने लगायतका कुराहरूमा घाटा भइरहेको बताए । दुई तिन दिनभित्र हुने काममा पनि ढिलाइ भइरहेको घिमिरेले…