आजको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, १४ बैशाख । राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ । विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार)का लागि सारिएको हो । “राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।