Banner News

गठबन्धनले महिला अधिकार हनन गर्‍यो : अध्यक्ष ओली



काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले महिला अधिकार हनन गरेको बताएका छन् ।

आज राष्ट्रिय महिला दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संविधानको गलत व्याख्या गरेर महिलाको अधिकार खोसेको बताएका हुन् ।

उनले भने, “राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला हुनुपर्छ । तर, यसपटक गठबन्धनले जालझेल गर्‍यो । दुवै गठबन्धनले पाउँदा एउटा महिला दिन सकेन,” “स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एउटा हुनुपर्नेमा विभिन्न दलको भनेर गठबन्धनले दुइटै पुरुष उठाएर महिला अधिकारको हनन गरेको छ ।”