तनहुँ, ४ बैशाख । नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा परिवर्तन र विकासको नेतृत्व गरेकै कारण मंसिर ४ गतेको निर्वाचनबाट एमाले जनताको लोकप्रिय पार्टी बनेको दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले तत्कालीन सत्ताधारी दलहरूले महागठबन्धन बनाएर एमाले सिध्याउन हरेक कोशिस गरे पनि जनताको बलमा एमाले घेराबन्दी…