राजनीति

अर्थतन्त्र स्वाभाविक लयमा फर्किएको छ: राष्ट्रपति पौडेल



काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।

संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताएका छन् । राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रको लय समातेको उनले बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा नागरिक र सरकार एकै ठाउँमा उभिएको बताउँदै सुशासनमा सरकारले उल्लेख्य सुधार गरेका हुन् । वित्तीय हस्तान्तरण कार्यसम्पादनको अंग बनाउने पनि उनले बताए । लघुवित्त नियमन, अनुगमनमा सरकारको ध्यान गइरहेको उनले बताए। त्यस्तै सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने राष्ट्रपति पौडेलले बताए ।

फजुल खर्च कटौतीमा सरकारको ध्यान गइरहेको पनि बताए । सार्वजनिक खरिद् कानुनमा समसामयिक सुधार गर्ने र पारदर्शी बनाउने पनि सरकारको लक्ष्य रहेको बताए । उनले कर्णालीको मानव विकास सूचकांकको सुधार गर्न सरकारको नीति कार्यक्रम केन्द्रित रहेको बताए । उनले राजश्वको दायरा बढाउने, न्यून विजकीकरण, राजश्व चुहावट रोकिने राष्ट्रपति पौडेलले बताए ।