राजनीति

सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने



काठमाडौँ, ५ जेठ । सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कतिपय अस्पतालले जथाभावी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरू मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागु गर्नेपनि बताए ।

उनले भने, “स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्नेछौँ ।” उनले प्रत्येक अस्पताललाई आउँदो दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताए । स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिए ।