तीज पर्व महिला एकता र सशक्तिकरणकाे पर्व : सचिव अर्याल

काठमाडौँ, ५ भदौ । नेकपा (एमाले)का सचिव पद्‍मा अर्यालले तीज पर्व महिला एकता, सशक्तिकरण र सांस्कृतिक धरोहरकाे पर्व भएकाे बताउनुभएकाे छ । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको तीज मिलन कार्यक्रमलाई सम्बाेधन गर्दै सचिव अर्यालले तीज पर्वकाे माैलिकपनकाे संरक्षण गर्नुपर्ने बताउनुभयाे । माैलिकपनलाई जाेगाउँदै आधुनिकता थप्दै यस पर्वलाई अगाडि बढाउनुपर्ने उहाँकाे भनाइ थियाे । पहिलेकाे पुस्ताले…