काठमाडौँ, १ जेठ । नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो । आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बतायो ।…