राजनीति

बालकृष्ण खाँणको बयान सकियो



काठमाडौँ, १ जेठ । जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ ।

आज बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ । मिडियाको बाक्लो उपस्थिति भए पनि उनलाई कुनै प्रतिक्रिया दिन दिइएन ।

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।