डोटी, ७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताएका छन् । डोटीको दिपायलमा शुक्रबार नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाए । उनले…