पार्टीमा उठेका विषयमा तरंगित नभइ संस्थागत निर्णयमा एकतावद्ध हुन उपमहासचिव ज्ञवालीको आग्रह

काठमाडौँ, ३ भदौ । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले विधान महाधिवेशनको सम्मुखमा पार्टीको अन्तरकुन्तरमा उठेका केही विषयहरुमा तरंगित नहुन आग्रह गर्नुभएको छ । पार्टीको जनवर्गीय संगठन भूमी अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीले गरेको संस्थागत निर्णयका पक्षमा उभिन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ…